२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सोल्टी होटलमा पूर्वराजपरिवारको १९ अर्बको सम्पत्ति

काठमाडौं । सोल्टी होटल लिमिटेडको वित्तीय विवरणअनुसार पहिलो ठूला लगानीकर्तामा पूर्वराजा ज्ञानेन्द्र शाहको परिवार देखिएको छ । कम्पनीको वित्तीय विवरणअनुसार पूर्वराजा ज्ञानेन्द्रको परिवारको नाममा सोल्टी होटलमा रहेको सेयर मूल्य करिब १९ अर्ब रुपियाँको रहेको छ ।

पूर्वराजा ज्ञानेन्द्रकी छोरी प्रेरणा शाह, सोल्टी इन्टरप्राइजेज प्रा.लि. र भतिजीहरू पूजा राज्यलक्ष्मी देवी शाही, शितास्मा राज्यलक्ष्मी देवी शाह र दिलासा राज्यलक्ष्मी देवी राणाको नाममा रहेको सेयरको कुल मूल्य १८ अर्ब ८२ करोड ७५ लाख ५ हजार ७४८ रुपियाँ बराबरको रहेको छ ।

सोल्टी होटलका प्रमुख लगानीकर्ता

प्रकाशित मिति : २०८० असोज १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस