२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भारतविरुद्ध नेपालका एकपछि अर्को गर्दै ८ विकेट पतन, सन्दीप लामिछानेले क्रिजमा

काठमाडौं । १९औं एसियाड अन्तर्गत पुरुष क्रिकेट क्वाटरफाइनलमा भारतविरुद्ध खेलिरहेको नेपाललाई आठौं झट्का लागेको छ । एकपछि अर्को गर्दै लगातार ८ विकेट पतन भएको हो । ओपनर आसिफ शेख १० रन जोडेर आउट भए । अर्का ओपनर कुशल भुर्तेलपनि ३२ बलमा २८ रन जोडेर आउट भए । त्यसपछि आएका कुशल मल्ल र कप्तान रोहित पौडेलपनि सस्तैमा समेटिए ।

दीपेन्द्र सिंह ऐरी र सन्दीप जोराले भने उत्कृष्ट प्रर्दशन गरेर देशलाई जितको आशा दिलाएर आउट भए । ऐरी रवि बिश्नोईको बलमा साई किशोरबाट बोल्ड आउट भए । सन्दीप अर्शदीप सिंहको बलमा यशस्वी जयसवालबाट बोल्ड आउट भए । सोमपाल कामी र गुल्शन झा भने सस्तैमा समेटिए । अहिले सन्दीप लामिछाने र करन केसी क्रिजमा छन् । भारतले नेपाललाई २०३ रनको लक्ष्य दिएको छ ।

प्रकाशित मिति : २०८० असोज १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस