२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भारतविरुद्ध नेपालका एकपछि अर्को गर्दै ४ विकेट ढले

काठमाडौं । १९औं एसियाड अन्तर्गत पुरुष क्रिकेट क्वाटरफाइनलमा भारतविरुद्ध खेलिरहेको नेपाललाई चौथो झट्का लागेको छ । एकपछि अर्को गर्दै लगातार चार विकेट गुमेको हो । ओपनर आसिफ शेख १० रन जोडेर आउट भए । अर्का ओपनर कुशल भुर्तेलपनि ३२ बलमा २८ रन जोडेर आउट भए । त्यसपछि आएका कुशल मल्ल र कप्तान रोहित पौडेलपनि सस्तैमा समेटिए ।

आवेश खानले जितेश शर्माको हातबाट आसिफ खानलाई बोल्ड आउट गराए । ओपनर कुशल भुर्तेललाईपनि आवेश खानले साई किशोरबाट बोल्ड आउट गराए । रवि बिश्नोईले कुशल मल्ललाई रिंकू सिंहबाट बोल्ड आउट गराए भने रवि बिश्नोईकै बलमा रोहित पौडेल एल बी डब्ल्यू बोल्ड भए । भारतले नेपाललाई २०३ रनको लक्ष्य दिएको छ ।

 

 

प्रकाशित मिति : २०८० असोज १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस