२०८१ कार्तिक ६ गते मङ्गलवार | 2024 October 22nd Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कम्युनिष्ट बाहेक अरु पार्टीले देश हाँक्न सक्दैनः माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा देश हाँक्न सक्ने शक्ति कम्युनिष्टमा मात्रै भएको बताएका छन् । आइतबार झापाको काँकडभिट्टामा समाजवादी जागरण अभियानको उद्घाटन गर्दै नेता नेपालले नेपालमा कम्युनिष्ट पार्टी बाहेक कुनै पार्टीले देश हाँक्न नसक्ने दाबी गरेका हुन् । सरकारले जनताको पीरमर्का नबुझेको उनले टिप्पणी गरे । समस्या समाधान गर्नतिर सरकार लाग्न छाडेर अन्य काममा व्यस्त भएको उनले बताए ।

‘हिजो मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विदेश भ्रमणबाट आएपछि जनताका समस्याको बारेमा पार्टीका तर्फबाट सरकारले सम्बोधन गर्नुपर्ने कामहरूका बारेमा ज्ञापनपत्र बुझाएका छौँ,’ उनले भने । त्यस्तै उनले युवालाई रोजगार, कृषि उत्पादनमा लगायतका क्षेत्रमा लगाउन आवश्यक रहेको बताए । सोही अभियानस्वरुप आफ्नो दल जागरण अभियान झापाबाट सुरु गरेको नेता नेपालको भनाई थियो ।

 

प्रकाशित मिति : २०८० असोज १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस