२०८१ असोज ५ गते शनिवार | 2024 September 21st Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २५ घाइते

Road Accident

१४ असोज, जनकपुरधाम । सिरहामा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २५ जना यात्रु घाइते भएका छन् । आइतबार दिउँसो सप्तरीको राजविराजबाट जनकपुरतर्फ आउँदै गरेको ना ४ ख ७१८७ नम्बरको यात्रुबाहक बस स्प्रिङ पट्टा भाँचिएर मिर्चैयाको मारुती सिमेन्ट फ्याक्ट्री नजिक अनियन्त्रित भई दुर्घटना भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

डिएसपी बस्नेतका अनुसार दुई जना पुरुषको घटनास्थलमै मृत्यु भएको हो । यस्तै बसमा सवार २५ जना यात्रुहरू घाइते भएका छन् । घाइते भएका उनीहरूको गोलबजार स्थित हस्पिटलहरुमा उपचार भइरहेको डिएसपी बस्नेतले बताए ।

मृतकको हालसम्म सनाखत हुन सकेको छैन । दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० असोज १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस