२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज आइतबारपनि ह्वात्तै घट्यो सुनको मूल्य, ५ दिनमै ४२ सय रुपैयाँको गिरावट

today gold price in nepal

काठमाडौं । सुनको भाउ लगातार ५ दिन घटेको छ । यस अघि ४ दिन अवधिमा सुनको भाउ ३ हजार ४०० रुपैयाँले घट्न पुगेको थियो । आज ८०० ले घटेर ५ दिनमै ४२ सय रुपैयाँको गिरावट आएको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ८०० रुपैयाँले घटेको छ । शुक्रबारपनि ८ सय रुपैयाँले घटेर १ लाख ८ हजार ८०० रुपैयाँ कायम भएको थियो । आज १ लाख ८ हजार मात्र छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार ५०० रुपैयाँमा झरेको छ । आज आइतबार चाँदी एक हजार ३ सय ६० रुपैयाँमा कारोबार गर्नेगरी मूल्य तोकिएको छ ।

 

प्रकाशित मिति : २०८० असोज १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस