२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

माल्दिभ्सविरुद्ध नेपालका ओपनर कुशल भुर्तेल र आसिफ शेख शुरु मै चम्किए

काठमाडौं । एसियन गेम्स–२०२२ अन्तर्गत क्रिकेटमा आज नेपालले माल्दिभ्सविरुद्ध खेलिरहेको छ । चीनको हांग्जाउमा रहेको झेजियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा खेल नेपाली समय अनुसार बिहान पौने ७ बजेदेखि खेल शुरु भएको छ । माल्दिभ्सविरुद्ध नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको छ । ओपनरको रुपमा कुशल भुर्तेल र आसिफ शेख क्रिजमा छन् । उनीहरु शुरुवातमा नै चम्किएका छन् । कुशलले चार चौका, एक छक्का सहित १५ बलमा ३० रन जोडेका छन् । आसिफ शेखले ७ बलमा एक चौका सहित ९ रन जोडेका छन् ।

नेपालले यसअघि मंगोलियासँग खेलेको खेलमा कीर्तिमानी जित हासिल गरेको थियो। २७३ रनको जित हासिल गरेको नेपालले यस खेलमा कैयौं रेकर्ड समेत बनाएको थियो। यो खेल जिते नेपाल समूह ए बाट क्वाटरफाइनलमा पुग्ने छ। यस समूहमा रहेको मंगोलियाले दुवै खेलमा हार बेहोरेर बाहिरिएको छ भने माल्दिभ्सले एक खेल जितेको छ।

यसपछि क्वाटरफाइनलका खेल अक्टोबर ३ र ४ मा हुनेछ। टी–२० फर्म्याटमा आयोजना हुने प्रतियोगिताको प्रत्येक समूहका शीर्ष टोली क्वाटरफाइनलमा पुग्नेछन्। भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानले भने क्वाटरफाइनलमा सिँधै प्रवेश पाएका छन्। सेमिफाइनल अक्टोबर ६ मा हुनेछ। फाइनल र तेस्रो स्थानको खेल ७ अक्टोबरमा हुनेछ।

प्रकाशित मिति : २०८० असोज १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस