२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

दुर्घटनामा सबैको मनमा बसेका शिक्षक डा. बरालको निधन, अमेरिकामा पढेको देशमा लगाउने इच्छा अधुरो

कपिलवस्तु, असोज १२ गते । कपिलवस्तुको बाणगङ्गा नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक शिक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका वडा २ जनता माध्यमिक विद्यालय पिपराका विज्ञान विषयका संयोजक डा. रोमनाथ बराल हुन् । उनी सबै विद्यार्थीको मनमा बसेका शिक्षक हुन् ।

बुधवार राति बरालले चलाएको लु ५६ प ४६२७ नम्बरको मोटरसाइकल रोकिएको अवस्थामा रहेको लु २ ख १५०८ नम्बरको टिप्परमा ठोकिएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते हुनुभएका बरालको कपिलवस्तु सामुदायिक अस्पताल जितपुरमा उपचार हुन नसकेपछि कपिलवस्तु अस्पताल तौलिहवामा रेफर गरिएको थियो । कपिलवस्तु अस्पतालले उहाँलाई मृत घोषणा गरेको छ । बराल अमेरिकाबाट नेपाल फर्किएर ६ वर्षदेखि शिक्षण पेसा गर्दै आएका थिए । उनी राष्ट्रिय स्वतन्त्र पार्टी लुम्बिनी प्रदेश सदस्य तथा शिक्षा विभाग प्रमुखसमेत थिए ।

 

प्रकाशित मिति : २०८० असोज १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस