२०८१ कार्तिक २ गते शुक्रवार | 2024 October 18th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एमाले बागमती अधिवेशन : कैलाश ढुंगेल र कृष्णप्रसाद दाहाल अडानबाट पछि हटेनन्, भोलि मतदान

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीको नेतृत्व चयनका लागि आज निर्वाचन नहुने भएको छ । भोलि बिहान ८ बजेबाट मतदान प्रक्रिया सुरु हुने स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले जानकारी दिए ।

अझै सहमतिको प्रयास जारी भएकाले भोलिसम्मको लागि मतदानको कार्यक्रम स्थगित गरेको उनले बताए । अहिले सहमतिको प्रयास जारी भएकाले आज ८ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको थियो । सहमति नजुटे उम्मेदवारी अन्तिम नामावली प्रकाशन ९ बजे प्रकाशन हुने उनले बताए ।

अध्यक्षमा उम्मेदवारी दिएका कैलाश ढुंगेल र कृष्णप्रसाद दाहाल अझै अडानबाट पछि हटेका छैनन् । निवर्तमान अध्यक्ष केशवराज पाण्डे, सानुकुमार श्रेष्ठ र केशरकुमार बुढाथोकीले उम्मेदवारी फिर्ता लिइसकेका छन् । मंगलबारबाट सुरु भएको प्रदेश अधिवेशनले ५ पदाधिकारीसहित २४५ जनाको कार्यसमिति चयन गर्नेछ ।

उम्मेदवारी फिर्तापछि एमाले बागमती अध्यक्षमा कृष्ण र कैलाशबीच प्रतिस्पर्धा: कसको पल्ला भारी ?

 

प्रकाशित मिति : २०८० असोज ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस