२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

राष्ट्रपति जुद्ध सालिकबाट वसन्तपुर हिँडेर जाने

काठमाडौँ, असोज ११ गते । राष्ट्रपति रामचन्द्र पौडेल इन्द्रजात्राको अवसरमा वसन्तपुर जाँदा जुद्ध सालिकबाट हिँडेर जाने भएका छन् । आज (बिहीबार) दिउँसो वसन्तपुरमा आयोजना हुने विशेष समारोहमा जुद्ध सालिकबाटै हिँडेर जाने तयारीमा राष्ट्रपति रहे पनि सुरक्षा निकायले भने अझै स्वीकृति जनाई नसकेको राष्ट्रपतिको निजी सचिवालयले जनाएको छ ।

जुद्ध सालिकबाट वसन्तपुर–हनुमानढोका क्षेत्रमा सार्वजनिक सवारीसाधन लैजान सामान्यतया रोक लगाइएको छ । यो क्षेत्र विश्व सम्पदा सूचीमा सूचीकृत हो । सर्वसाधारण जस्तै आफूपनि त्यसरी नै हिड्ने र विश्व सम्पदा सूचीको सम्मान गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको इच्छा छ ।

प्रकाशित मिति : २०८० असोज ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस