२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सुनसरी, झापापछि खोटाङमा गाई-गोरु काटेर सामूहिक भोज

खोटाङ। सुनसरी, झापा लगाएत पूर्वी जिल्लाहरुमा गोरु काटेर सामूहिक भोज लगाउने पूर्व घोषित कार्यक्रम अनुसार खोटाङ जिल्लामा पनि मंगोल नेसनल अर्गनाइजेसनका कार्यकर्ताहरुले सांस्कृतिक क्रान्ति भन्दै गोरु काटेर सामूहिक भोजन गरेका छन् ।

मंगोलका कार्यकर्ताहरुले यसअघि झापा लगायत अन्य पूर्वका विभिन्न जिल्लाहरुमा पनि गोरु काटेर सामूहिक भोजन गरेका थिए । पूर्वाञ्चलका विभिन्न जिल्लामा सांस्कृतिक क्रान्तिको रुपमा गोरु काटेर सामूहिक रुपमा खाने अभियान चलाउने भनेर पहिल्यै घोषणा गरेका थिए ।

गोरु–गाई काटेर खाएको आरोपमा राज्यले आफ्ना समुदायको मानिसहरुलाई पक्राउ गरी दुख दिने, कारबाही गर्ने कार्य तीव्र पारेपछि सोको प्रतिरोधमा सामूहिक रुपमा जम्मा भएर गोरु काटेर खाने अभियान मंगोलका कार्यकर्ताहरुले चलाउँदै आएका छन् । गाई नेपालको राष्ट्रिय जनावर हो । यसलाई काट्नु कानूनी रुपमा नै बर्जित हो । तर समुदायले राज्यलाई खुलेआम चुनौती दिइरहेका छन् ।

प्रकाशित मिति : २०८० असोज ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस