२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

साफ यू-१९ च्याम्पियनसिपमा नेपालले सेमिफाइनलमा भारतसँग खेल्ने

८ असोज, काठमाडौं । साफ यू-१९ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले भारतसाग खेल्ने भएको छ । समूह बीको अन्तिम खेलमा भुटानलाई २-१ ले पराजित गर्दै भारत समुह विजेता बनेपछि नेपाल र भारतको भेट सेमिफाइनलमा हुन लागेको हो । आज सोमबार भएको पहिलो खेलमा माल्दिभ्सलाई ४-१ ले हराउँदै नेपाल समूह उपविजेता भएर सेमिफाइनलमा पुगेको थियो ।

बुधबार हुने अर्को सेमिफाइनलमा पाकिस्तान र भुटानले खेल्ने छन् । सोमबार भएको दोस्रो खेलमा पहिलो अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा भुटान पराजित भयो ।

 

खेलको २० मिनेटमा जिग्मे नाङ्मेलले कप्तान पेमा ग्याङ्पोको फ्रि किकमा आएको बलमा गोल गर्दै भुटानलाई अग्रता दिलाए थिए ।

तर ३६ मिनेटमा गोयमसर गोयारीले गोल गर्दै भारतलाई बराबरीमा ल्याए । पहिलो हाफ १-१ गोल भएको खेलको ६४ मिनेटमा भारत यश चिक्रोको कर्नरमा पेनाल्टी बक्स बाहिरबाट रिकि मेताई होबामको गोल गरे । त्यसपछि दुवै टोलीले गोल गर्ने अवसर सिर्जना गरे पनि गोल भने गर्न सकेनन् ।

प्रकाशित मिति : २०८० असोज ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस