२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपाली सेनाका १२ सेनानीको प्रमुख सेनानीमा बढुवा तथा सरुवा

काठमाडौँ । नेपाली सेनाका १२ जना सेनानी(मेजर) हरूको प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) मा बढुवा भएको छ। बढुवा भएकासहित थप दुई प्रमुख सेनानीको सरुवासमेत गरिएको छ । सैनिक मुख्यालय जङ्गी अड्डाले असोज १५ गतेबाट लागू हुने गरी मेजरको लेफ्टिनेन्ट कर्णेलमा बढुवा–सरुवा तथा लेफ्टिनेन्ट कर्णेल रहेकाहरूको सरुवा साथै लेफ्टिनेन्ट कर्णेल र मेजरको कमान्ड नियुक्ति गरेको हो।

जसअनुसार तेजेन्द्र मगर, गिरिराज गौतम र पृथबहादुर श्रेष्ठको नीति तथा योजना निर्देशनालय, झलक सुवेदीको नं. २७ बाहिनी अड्डा, वीरेन्द्रबहादुर सिंहको पूर्वी पृतना हेडक्वार्टर, सावित्री जिसीको सिकायत जाँच महाशाखामा सरुवा भएको छ। यस्तै रामप्रसाद लामिछानेको निरीक्षण निर्देशनालय, बिनिश श्रेष्ठको नेपाली सैनिक वार कलेज, शिवनारायण श्रेष्ठको नं. १७ बाहिनी अड्डा, ध्रुव कार्कीको नं. ३ बाहिनी अड्डा, खिमबहादुर डाँगीको उत्तर पश्चिम पृतना हेडक्वार्टर र सरोज कार्कीको मध्यपूर्वी पृतना हेडक्वार्टर सरुवा भएको छ।

त्यस्तै जितेन्द्रकुमार गौलीको गुणस्तर नियन्त्रण महाशाखा, ईश्वर बुढाथोकीको सैनिक कमान्ड तथा स्टाफ कलेज, प्रकाश थापाको सैनिक इन्टिलिजेन्स निर्देशनालय, प्रज्वल थापाको उत्तर पश्चिम पृतना हेडक्वार्टरमा सरुवा भएको छ भने चन्द्रशेखर काप्रीको शिक्षाधिकृतका रूपमा इन्जिनियर तालिम शिक्षालय, शारदाभक्त माटांगुलु र उत्तम कटवालको सैनिक कल्याणकारी निर्देशनालय, इमेशमेहर श्रेष्ठको मध्यपूर्वी पृतना हेडक्वार्टर, निश्चल पाठकको सैनिक कमान्ड तथा स्टाफ कलेजमा सरुवा भएको छ।

अड्डाले भगत तामाङको व्यवस्थापकका रूपमा सैनिक आवासीय महाविद्यालय बर्दिबास, मनबहादुर लामाको निरीक्षण निर्देशनालय, सौजन्य नरसिंह राणाको नं। २२ बाहिनी अड्डा, सोवितबहादुर चन्दको अति विशिष्ट व्यक्ति सुरक्षा निर्देशनालय र अनिल बस्नेतको शिक्षाधिकृतका रूपमा सुदूरपश्चिम पृतना तालिम शिक्षालयमा सरुवा भएको गरेको छ । यसै गरी प्रमुख सेनानीहरू प्राजु बस्न्यात अरिदमण गणको गणपति, विकास बानियाँ टु.मु. कोतखानाको डिपोपति, रवीन्द्र बुढाथोकी सिंहनाथ गण (कमाण्डो) को गणपति र विशेष पौडेल रणभीम गणको गणपतिमा नियुक्त भएका छन् र सेनानीहरू राजीवजंग ठकुरी श्रीदल गुल्म र विज्ञान विष्ट रामवाण गुल्मको गुल्मपतिमा नियुक्त भएका छन्।

 

प्रकाशित मिति : २०८० असोज ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस