२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

शिक्षामन्त्रीलाई अस्वीकार गरेर गृहमन्त्रीसँग वार्तामा बसे शिक्षक प्रतिनिधि

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकका प्रतिनिधिहरुबीच वार्ता सुरु भएको छ । यसअघि शिक्षा मन्त्रालयले वार्ताको आह्वान गरेपनि शिक्षकहरुले वार्तालाई अस्वीकार गरेका थिए ।

बुधबार पहिलो दिन काठमाडौंमा शक्ति प्रदर्शन गरेका उनीहरु आज भने गृह मन्त्रालयमा वार्तामा बसेका छन् । बिहान आठ बजेदेखि जारी वार्तामा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री अशोक कुमार राई, शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारी, शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधर तथा नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधिहरु सहभागी देखिन्छ ।

वार्तामा शिक्षकहरुका मागबारे छलफल भइरहेको छ । विद्यालय शिक्षा विधेयकका कतिपय व्यवस्थाप्रति विरोध जनाउँदै शिक्षकहरुले विद्यालय बन्द गरी बुधबारदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका छन् । उनीहरुले बिहीबार पनि काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गर्ने तयारी गरेका छन् । देशभर विद्यालय बन्दको आह्वान गरिरहेका छन् ।

 

 

यो पनि पढ्नुहोस
विद्यालय बन्द गरिरहे कारबाही गर्ने स्थानीय सरकारको चेतावनी

प्रकाशित मिति : २०८० असोज ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस