२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपथ्यले आफूलाई पहिलोपटक क्यानडामा उभ्याउँदै

काठमाडौँ । नेपालको चर्तित सांगीतिक ब्याण्ड नेपत्यले आफूलाई पहिलो पटक क्यानडामा उभ्याउने भएको छ। निर्धारित तालिका अनुसार अक्टोबरको १ तारिख आइतबारको दिन नेपथ्यले त्यहाँको क्यालगरी सहरको ‘दी प्यालेस थिएटर’मा प्रस्तुति दिन लागेको हो।

त्यसपछि अक्टोबर ४ तारिख, बुधबार ब्याण्डको प्रस्तुति भ्यानकुभर सहरमा हुनेछ। यी दुवै सहर क्यानाडाको पश्चिमी भेगमा पर्छन्। यात्राको अन्तिम शो भने मुलुककै पूर्ववर्ती सहर टोरन्टोका दर्शक माझ हुनेछ। अक्टोबर ८ तारिख, आइतबारका दिन ब्याण्ड टोरन्टोस्थित क्यानाडाकै विख्यात कार्यक्रम स्थल ‘म्यासी हल’मा प्रस्तुत हुनेछ।

सन् २००२ मा नेपालयले व्यवस्थापन सम्हालेपछि नेपथ्यले हालसम्म १६ वटा देशको २८ सहरमा ७८ वटा कार्यक्रम गरिसकेको छ। क्यानाडा नेपथ्यको १७ औं गन्तव्य राष्ट्र हुनेछ। केही समययता नेपालीहरूका निम्ति क्यानाडा आप्रवासनको आकर्षक गन्तब्य बन्दै आएको छ। त्यसमा पनि विशेषगरि अध्ययनका लागि त्यसतर्फ जाने नेपाली विद्यार्थीहरूको संख्या वर्षेनी बढ्दो छ।

सन २०२३ भरि नेपथ्यका सबै प्रस्तुतिलाई ‘मानवताका लागि संगीत’को नारासहित मानवता प्रवर्धन अभियानको श्रृंखलाको रूपमा प्रस्तुत गर्ने विचारअनुरूप यसपालीको नेपथ्य क्यानाडा शृंखला पनि त्यही नाराअन्तर्गत अगाडि बढ्ने छ।

‘क्यानाडामा हुने प्राय नेपाली कार्यक्रमहरू अमेरिकी यात्रासँग जोडिएर आयोजना गरिएको पाइन्छ,’ व्यवस्थापन सम्हाल्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘नेपाली कलाकारहरूले क्यानाडाको मात्र यात्रा गरेको घटना विरलै हुने गरेकोमा यसपाली त्यो संभावनाको ढोका पनि उघार्ने अठोट लिएका छौं।’

नेपालयले उचित व्यवस्थापनमार्फत नेपथ्यको प्रस्तुतिमा एकरूपता ल्याउनका लागि नेपालमा र विदेशमा नेपथ्यसँग अनुभव बटुलेका प्राविधिकहरूलाई यात्रा टोलीमा सम्मिलित गर्दै आएको छ। सोही अनुरूप, अघिल्लो महिनाको श्रृंखलाबद्ध जापान यात्रामा सम्मिलित ८ जना प्राविधिज्ञ एवं व्यवस्थापक र ६ संगीतकर्मीसहित जम्मा १४ जनाको टोली क्यानाडा यात्रामा समावेस हुने छन्। क्यानाडाको तीनवटै कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रूव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरूङ र मादलमा शान्ति रायमाझीले साथ दिनेछन्।

 

प्रकाशित मिति : २०८० असोज ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस