२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

IND vs BAN Live : बंगलादेशसँग भारतलार्ई मुस्किल, शुभमन गिलले पाँचौं शतक प्रहार गरे

Live Score Cricket Today, India vs Bangladesh Asia Cup 2023 : एसिया कप क्रिकेट २०२३ को अन्तिम सुपर फोर खेलमा बंगलादेशसँग भारतलाई मुस्किल बढेको छ । भारतको आधा भन्दा बढी टोली प्याभेलियन फर्किएको छ । १३९ रनको स्कोरमा पाँच विकेट गुमाएको भारत केही समयमा नै ६ विकेट गुमाउन बाध्य भयो ।

भारतलाई छैटौं झट्काको रुपमा रविन्द्र जडेजा आउट भए । रविन्द्र जडेजा १२ बलमा मात्र ७ रन जोडेर आउट भए । पाँचौ झट्कामा सूर्यकुमार यादव आउट भएका थिए । उनले ३४ बलमा तीन छक्का प्रहार गर्दै २६ रन बनाए । उनलाई शकिब अल हसनले क्लिन बोल्ड गरे । अहिले शुभमन गिलसँग अक्षर पटेल क्रिजमा छन् । ४२ ओभरको समाप्तिमा ६ विकेटको क्षतिमा भारतले १९८ रन जोडेको छ । जितका लागि २६६ रन पुर्याउनुपर्छ ।

शुभमन गिलले एकदिवसीय क्रिकेटमा पाँचौं शतक प्रहार गरेका छन्

भारतका युवा ओपनर शुभमन गिलले आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय करियरको पाँचौं शतक प्रहार गरेका छन् । खेलमा ओपनिङ गर्दै शुभमन गिलले ११७ बलमा शतक बनाए । बंगलादेशविरुद्धको खेलमा भारतका युवा ओपनर शुभमन गिलको उग्र रूप देखियो ।

 

प्रकाशित मिति : २०८० भाद्र २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस