२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

ग्लोबल आइएमई बैंकको इन्टरनेट बैंकिङ्ग परिवर्तन

काठमाडौं । ग्लोबल आइएमई बैंकको इन्टरनेट बैंकिङ्ग (ग्लोबल अनलाइन) सेवा यही आउँदो भाद्र ३१, २०८० बाट स्थानान्तरण, माइग्रोसन गरिने भएको छ । बैंकको इन्टरनेट बैंकिङ्ग (ग्लोबल अनलाइन) सेवा हाल प्रयोग गरिरहेका व्यक्तिगत ग्राहकहरुले अब ग्लोबल स्मार्ट प्लस मार्फत सेवा उपभोग गर्न सक्नुहुनेछ । बैकले जारी गरेको सूचनामा भनिएको छ, यो सेवा प्रयोग गरिरहेका संस्थागत ग्राहकहरुले अब कर्पोरेट इन्टरनेट बैंकिङ्ग मार्फत सेवा उपभोग गर्न सक्नुहुनेछ ।

बैंकको इन्टरनेट बैंकिङ्ग (ग्लोबल अनलाइन) सेवाका सक्रिय उपभोक्ताहरुले ग्लोबल स्मार्ट प्लस अथवा कर्पोरेट इन्टरनेट बैंकिङ्ग सुविधा नलिइएको अवस्थामा व्यक्तिगत ग्राहकहरुलाई ग्लोबल स्मार्ट प्लस र संस्थागत ग्राहकहरुलाई कर्पोरेट इन्टरनेट बैंकिङ्गमा स्थानान्तरण–माइग्रोसन गरिने जानकारी यही सूचना मार्फत गराइन्छ । स्थानान्तरण भएका ग्राहकहरुले ग्लोबल स्मार्ट प्लस अथवा कर्पोरेट इन्टरनेट बैंकिङ्गमा आफ्नो पुरानै युजरनेम प्रयोग गरी सेवा सुचारु गर्नुपर्नेछ । यसबाट ग्राहक महानुभावहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा पर्न जाने असुविधाप्रति बैंक क्षमाप्रार्थी छ ।

 

प्रकाशित मिति : २०८० भाद्र २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस