२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एलिजा गौतमले केही दिनमै दिन्छु भनेको गुड न्यूज के हो ?

कैलाली । असार २१ गते सक्रिय राजनीति नगर्ने घोषणा गरेकी कलाकार एलिजा गौतमले बुधबार नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई फेरि भेटिन् । करिब २० मिनेटको संवादमा केही सहमति नजुटेको एलिजाले बताएकी छन् । फेसबुकमा स्टाटस लेख्दै उनले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेकी थिइन् । एलिजा पत्रकार ऋषि धमलाकी पत्नीसमेत हुन् । केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीका स्वकीय सचिवलाई राजीनामा दिएको उनले बताइन् । त्यसपछि उनी साउन २८ गते एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पुगेकी थिइन् । उनले ओलीलाई ‘बुवा’ सम्बोधन गर्दै राजनीति र समाजसेवा गर्ने चाहना र हुटहुटीमा मलजल पुगेको बताएकी थिइन् ।

एलिजा आगामी निर्वाचनमा चुनाव लड्ने तयारीमा छिन् । तर, कुन दलबाट लड्ने भन्ने विषयमा अझै टुंगो नलागेको उनको भनाइ छ । ‘राजनीति मैले छोडेको छैन । अर्को निर्वाचनमा जसरी पनि उठ्छु’, उनले भनिन्, ‘अहिलेबाटै तयारी गरिरहेको छु गाउँ ठाउँ जिल्लामा खटिरहेको छु’, उनको भनाइ छ । पूर्वी नेपालबाट चुनाव लड्ने तयारीमा रहेको उनले बताइन् । यस बीचमा ‘माननीय रेशमलाल चौधरी ज्यूको सचिवालय’ नामक फेसबुक पेजबाट एलिजाको राजीनामा अस्वीकृत भएको र आगामी १२ र १३ गते हुने केन्द्रीय समिति बैठकमा सहभागी हुने भन्दै लेखेकोमा पनि उनले असन्तुष्टि व्यक्त गरिन् ।

‘त्यस्तो केही फिक्स भएको छैन । मेरो सहमतिविना त्यस्तो किन आइरहेको छ म आफैँ अचम्म मानिरहेको छु’, उनले भनिन्, ‘मैले कुनै डिसिजन दिएको छैन । केही कुरा एक दुई हप्तामा आउँछ यही पार्टी वा त्यही पार्टी भन्ने छैन । जे होस् केही गुड न्युज आउने सम्भावना छ ।’ उनले नागरिक उन्मुक्ति पार्टीमा केही विषयमा चित्त नबुझेको र सोही पार्टीमा फर्किने सम्भावना पनि कम रहेको बताइन् । नाउपामा राजीनामा दिएपछि ओलीलाई भेटेर एमाले फर्किन लागेको हो भन्ने विषयमा उनले भनिन्, ‘हेरौं जे पनि हुन सक्छ । केही गुड न्युज आउँछ ।’

माघ १४ गते एलिजा नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेकी थिइन् । नागरिक उन्मुक्तिका वरिष्ठ उपाध्यक्ष तथा प्रवक्ता दामोदर पण्डितले भने रेशम चौधरी र एलिजा गौतमबीचको वार्ता मिलेको बताए । उनले आगामी असोज १२ र १३ गते टीकापुरमा हुने केन्द्रीय समिति बैठकमा एलिजा सहभागी हुने समेत दाबी गरे ।

 

प्रकाशित मिति : २०८० भाद्र २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस