२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सोलु हाइड्रोपावरको आईपीओ खुल्यो

काठमाडौं। मिड सोलु हाइड्रोपावर लिमिटेडले आजदेखि प्राथमिक सेयर (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले ६ लाख २१ हजार १७२ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरेको हो । कम्पनीले सामूहिक लगानी कोषका ३७ हजार ४२० कित्ता र कर्मचारीहरूका लागि १४ हजार ९६८ कित्ता सेयर छुट्याएको छ ।उक्त आईपीओमा न्यूनतम १० देखि १० हजार कित्ताका लागि आवेदन दिन सकिने कम्पनिले जनाएको छ । कम्पनिका अनुसार निष्कासन बन्द छिटोमा असोज १ गते हुनेछ ।

उक्त अवधिमा माग बमोजिम आवेदन नपरे ढिलोमा असोज ११ गतेसम्म आवेदन खुला रहने कम्पनिले जनाएको छ ।यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरिसकेको छ ।

प्रकाशित मिति : २०८० भाद्र २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस