२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सानिमा बैंकको लाभांश बढ्यो

काठमाडौं । सानिमा बैंक लिमिटेडको लाभांश बढेको छ । बैंकको विगतको तुलनामा गत आर्थिक वर्षको लाभांश बढेको हो । बैंकले गत आर्थिक वर्ष २०७९–०८० को सञ्चित मुनाफाबाट कुल १४.७० प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

बैंक सञ्चालक समितिको बिहीबारको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५.७० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । गत वर्ष बैंकले कुल १०।९८ प्रतिशत लाभांश दिएको थियो । जसमा १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.९८ प्रतिशत नगद लाभांश थियो । बिहीबार प्रस्ताव गरिएको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारण सभाबाट पारित भएपछि लगानीकर्ताले प्राप्त गर्ने पनि बैंकले जनाएको छ ।

 

प्रकाशित मिति : २०८० भाद्र २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस