२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

राजकीय सम्मानकासाथ कहिलै नफर्किनेगरी निवासबाट नेम्वाङको बिदाई

काठमाडौं । संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा सुरु भएको छ । नेम्वाङको निवास बालुवाटारबाट नेपाली सेनाले सलामीसहित शोक धुन बजाउँदै शवयात्रा सुरु गराएको हो ।

उहाँको निजी निवास बालुवाटारबाट सुरु भएको शवयात्रा शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल हुँदै पशुपति आर्यघाट पुग्ने छ । नेम्वाङको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि हुनेछ । नेम्वाङको अन्त्येष्टिका दिन आज सार्वजनिक बिदा पनि दिइएको छ । बालुवाटारमा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित विभिन्न दलका शीष नेताहरू पनि उपस्थित हुनुभयो । यहाँहरुपनि शवयात्रामा निस्किनुभएको छ ।

प्रकाशित मिति : २०८० भाद्र २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस