२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

वीरगञ्जको बालसुधार गृह रातभर तनावग्रस्त, भक्तपुरबाट पठाइएका बालकैदीले मच्चाए उत्पात

Children's Home Case

जनकपुरधाम । पर्साको वीरगञ्जस्थित बिर्तामा रहेको बाल सुधार गृह रातभर तनावग्रस्त बन्यो । बाल कैदीबन्दीले तोडफोड र प्रहरीमाथि समेत ढुंगामुढा गरेका छन् । मंगलवार राति करिब ८ बजे बालगृहमा रहेका बाल कैदीबन्दीहरुबीच आपसमै विवाद भएको थियो । विवाद चर्केपछि केहि बाल कैदीबन्दीहरुले तोडफोड र ढुंगामुढा सुरु गरे । स्थिति नियन्त्रणमा लिन प्रहरीलाई हम्मेहम्मे पर्‍यो ।

करिब राति ११ बजेसम्म समेत प्रहरीले स्थिति नियन्त्रणमा लिन सकेन । ड्युटी खटेका प्रहरीलाई भित्र प्रवेश गर्नै नदिएपछि पर्साका एसपी कोमल शाह आफैँ ठूलो संख्यामा प्रहरी लिएर त्यहाँ पुग्नुपर्यो । प्रहरी भित्र पसेपछि कैदीबन्दीहरुले पत्रकारलाई बोलाउन आग्रह गरेका थिए । त्यसपछि पुगेका पत्रकारहरुसँग बाल कैदीबन्दीहरुले बासी खाना खुवाउने गरेको, यातना दिने गरेको, गलत कुरा गर्दा पनि बोल्न नदिएको जस्ता गुनासा गरे ।

पर्साका प्रहरी प्रमुख एसपी शाहका अनुसार सुधार गृहमा अहिले १४९ बाल कैदीबन्दी छन् । अस्ति भक्तपुरमा विवाद गर्दा १८ कैदीबन्दीलाई यहाँ पठाइयो । उनीहरूले नै विवाद गरेको देखियो । विवाद के हो भन्ने जिज्ञासामा एसपी कोमल शाहले भन्नुभयो, ‘उनीहरुबीच आन्तरिक विवाद छ । म पनि राम्रोसँग बुझ्न पाएको छैन् ।’ घटनामा एकजना बाल कैदी घाइते भएको र उनको अवस्था सामान्य रहेको उहाँले जानकारी दिनुभयो ।

 

 

प्रकाशित मिति : २०८० भाद्र २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस