२०८१ असोज ५ गते शनिवार | 2024 September 21st Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बिहीबार शोक बिदा

काठमाडौं । संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्यष्टिमा सरकारले राजकीय सम्मान दिने भएको छ । ७१ वर्षको उमेरमा निधन हुनुभएका नेम्वाङको निधनलाई शोक मनाउन अन्तिम संस्कार हुने दिन सार्वजनिक बिदा दिने सूचना सरकारले प्रकाशित गरेको छ । थप जानकारी सूचनाबाट लिन सकिन्छ ।

नेपाल सरकार गृह मन्त्रालय सिंहदरवार, काठमाडौं, नेपाल ।

विज्ञप्ति

संविधानसभाका अध्यक्ष एवं वर्तमान प्रतिनिधिसभा सदस्य श्री सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा मिति २०८० । ०५ । २६ गते बिहान असामयिक निधन भएको । नेपालको संविधान निर्माण तथा जारी गर्नका लागि स्वर्गीय सुवासचन्द्र नेम्वाङले निर्वाह गर्नुभएको भूमिका तथा नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न पुऱ्याउनु भएको योगदानको उच्च कदर गर्दै मिति २०८०।०५।२६ को नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकबाट संविधानसभाका अध्यक्ष एवं वर्तमान प्रतिनिधिसभा सदस्य श्री सुवासचन्द्र नेम्वाङको निधनमा अन्तिम सम्मानको व्यवस्था गर्ने तथा शोक मनाउन अन्तिम संस्कार हुने दिन सार्वजनिक बिदा दिने र उक्त दिन नेपालभरका सरकारी कार्यालयहरु, विदेशस्थित नेपाली दुतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको। स्वर्गीय सुवासचन्द्र नेम्वाङको अन्तिम संस्कार यही मिति २०८० साल भदौं २८ गते बिहीबार हुने भएकोले उक्त दिन नेपालभरका सबै सरकारी कार्यालयहरु, विदेशस्थित नेपाली दुतावास र नियोगहरुमा सार्वजनिक बिदा हुने र तत् तत् निकायका कार्यालयहरुमा राष्ट्रिय झण्डा आधा झुकाइने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।
मितिः २०८०/०५/२६

केदारनाथ शर्मा
सहसचिव/प्रवक्ता

प्रकाशित मिति : २०८० भाद्र २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस