२०८१ असोज ५ गते शनिवार | 2024 September 21st Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भेपमार्फत सुन तस्करी गर्ने चिनियाँ नागरिकको डेरामा छापा मार्दा भेटिएको लकर रित्तो

काठमाडौं । विद्युतीय सिगरेट (भेप) भित्र लुकाएर तस्करी भएको ९ किलो सुन प्रकरणमा संलग्न एक जना आरोपीको डेरामा प्रहरीले छापा मारेको छ । सुन ल्याउने गिरोहका मुख्य सदस्य चिनियाँ नागरिक दाओजिन वाङको सीतापाइलास्थित डेरामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले छापा मारेको हो । सीआईबीले छापा मारेर केही कागजात र सामग्री बरामद गरेको एक अनुसन्धान अधिकृतले बताउनुभयो ।

वाङको डेराबाट प्रहरीले एउटा लकर समेत बरामद गरेको थियो । सीआईबीमा सोमबार लकर फोडेर हेर्दा त्यसमा केही भेटिएन । सुन वा अन्य कुनै बहुमुल्य वस्तु लुकाउन उनले त्यो लकर घरमा राखेको हुनसक्ने अनुमान गरिएको छ । तर, सुनबारे छानबिन सुरु भएलगत्तै भागेर चीन पुगिसकेका वाङले त्यसअघि नै सुनलगायतका महत्वपूर्ण सामग्रीहरु लुकाइसकेको हुनसक्ने अनुमान गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले नियमित जाँचका क्रममा २९ माघ २०७९ मा दुई वटा सुटकेशभित्र ७३ बट्टामा रहेको ७३० थान ई–सिगरेट (भेप) बरामद गरेको थियो । भेप बरामद गरेर गोदाममा राखिएका बेला तस्कर समूहले छुटाउनका लागि ताकेता गरिरहेका थिए भने भेपभित्र सुन रहेको थाहा पाएपछि भन्सारका अधिकृत रेवन्त खड्कासहितको मिलेमतोमा सुन बिक्री गरिएको थियो । त्यसरी सुन बिक्री गरेको थाहा पाएपछि तत्कालीन प्रमुख भन्सार प्रशासकले अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई जाहेरी दिनुभएको थियो ।

सीआईबीले संगठित अपराधको कसूरमा ६० दिनसम्म अनुसन्धान गरेर पठाएको प्रतिवेदनको आधारमा २७ असार २०७० मा जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता भएको थियो । मुद्दा दर्ता भएपछि यो प्रकरणमा माओवादी नेता एवं पूर्वसभामुख कृष्णबहादुर महरा पनि जोडिएको खुलेको थियो । महराले सुनसहितको भेप छुटाउन दबाब दिएको खुलेको थियो भने उनका छोरा राहुल महराको चिनियाँ नागरिक वाङसँग निकट सम्बन्ध रहेको देखिएको थियो । उनीसँग देखिएको सम्बन्धको आधारमा सीआईबीले १३ भदौमा राहुललाई पक्राउ गरिसकेको छ । चौतर्फी दबाबपछि पक्राउ परेका राहुल हाल प्रहरी हिरासतमा छन् ।

 

 

प्रकाशित मिति : २०८० भाद्र २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस