२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

IND vs PAK Live : पाकिस्तानविरुद्ध राहुल–विराटले एकसाथ पूरा गरे शतक

IND vs PAK Live : नमस्कार, जनबोलीको लाइभ ब्लगमा स्वागत छ। बर्षाले हिजो रोकिएको भारत र पाकिस्तानबीचको सुपर फोरको खेलमा भारतले विस्फोटक ब्याटिङ गरेको छ । म्याचमा लोकेश राहुल र विराट कोहली चम्किएका छन् । राहुल र कोहलीले शतक पूरा गरेका छन् । लोकेश राहुल र विराट कोहलीले चौका र छक्काको बर्षा गराए । ४७ ओभरसम्म भारतले ३३० रन बनाइसकेको छ । राहुलले १०० बलमा १० चौका र २ छक्काको सहायतमा १०० रन जोडेका छन् । ८४ बलमा १०० रन जोड्न कोहलीले ६ चौका र २ छक्का प्रहार गरेका छन् ।

बर्षाका कारण आइतबारको खेल सम्पन्न हुन सकेन । २४.१ ओभरपछि भारतको इनिङ्स वर्षाले रोकेको थियो । एसीसीले यस खेलको लागि रिजर्भ डे पहिले नै तय गरेको थियो। यस्तो अवस्थामा आजको खेल सम्पन्न हुनेछ । खेल ४ः४० बजे सुरु भएको थियो। भारतले २४.१ ओभरबाट खेल्न सुरु गरेको थियो । यो खेल ५०–५० ओभर खेलाइनेछ ।

 

प्रकाशित मिति : २०८० भाद्र २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस