२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कोशी प्रदेशका तीन मन्त्री र राज्यमन्त्रीले लिए शपथ, पीके राई वनमन्त्री

Three Ministers of Koshi Province

काठमाडौं । कोशी प्रदेशका नव नियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । नेकपा एमालेबाट तिलकुमार मेन्याङ्वो, पाँचकर्ण राई (पीके), एकराज कार्कीले मन्त्री र यस्तै सृजना राईले राज्यमन्त्रीको शपथ लिनुभएको हो ।

संविधानको धारा १६८ (३) बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त हुनुभएका हिक्मतकुमार कार्कीले उहाँहरुलाई मन्त्रीमा नियुक्त गर्नुभएको हो । मेन्याङ्वो ऊर्जा, राई वन र कार्की भौतिक पूर्वाधार मन्त्री बन्नुभएको छ । यस्तै सृजना राई भने सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त हुनुभएको हो । उहाँहरुलाई प्रदेश प्रमुख पर्शुराम खापुङले शुक्रबार शपथ गराउनुभयो ।

 

 

 

प्रकाशित मिति : २०८० भाद्र २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस