२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आक्रमण अघि कांग्रेस सहमहामन्त्रीले खाँणलाई अदालतले आज–भोलि रिहाको आदेश दिने दावी गर्दै थिए

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई अदालतले आज–भोलिमा नै रिहा गर्ने आदेश दिने दाबी गर्नुभएको छ । रिपोर्टस क्लबमा आयोजित कार्यक्रममा बोल्ने क्रममा सहमहामन्त्री यादवले अदालतले खाँणलाई रिहा गर्न आदेश दिने दाबी गर्नुभएको थियो । ‘आज भोलिमा अदालतले उहाँलाई न्याय दिन्छ । धेरै मान्छेसँग कुरा भएको छ,’ यादवले भन्नुभयो, ‘सबले भनेको बालकृष्ण खाँण निर्दोष छ ।’

खाँणको खातामा अस्वभाविक तरिकाको रकम नदेखिएको उहाँले दावी गर्दै बचाउ गर्नुभयो । ‘उहाँको पालामा नक्कली वा सक्कली एक जना पनि नेपाली वा भुटानी अमेरिका गएका छैनन्,’ यादवले भन्नुभयो, ‘जसले हस्ताक्षर ग¥यो, त्यो बाहिर छ । जसको हस्ताक्षर नै छैन त्यो भित्र छ ।’ तरुण दलका पूर्व अध्यक्ष समेत रहनुभएका यादव पूर्व गृहमन्त्री खाँण निकट मानिनुहुन्छ । बालकृष्णलाई समात्नु प्रजातन्त्र समाप्त गर्ने शिलशिलाको सुरुवात भएको उहाँको दावी रहँदै आएको थियो । रिपोर्टर्स क्लबको कार्यक्रममा यस्तो धारणा राखेर बाहिरिने क्रममा यादवमाथि खुकुरी आक्रमण भएको थियो । उहाँको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०८० भाद्र २० गते बुधवार
प्रतिक्रिया दिनुहोस