२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कलाकारको नाममा बदनामी बढेकाले चर्चित गायिका सिन्धु मल्ललाई नै अष्ट्रेलियाले भिसा नदिएपछि…

काठमाडौं । विभिन्न सांगीतिक कार्यक्रम गर्ने र त्यसमा सहयोगी, आयोजक अनेक नाममा मानिसहरु लगेर उतै छोड्ने घटना बढेपछि विदेशमा नेपाली चर्चित कलाकारहरुको समेत सम्मान गिर्दौ छ । चर्चित गायिका सिन्धु मल्ल समेत यसबाट पीडित हुनु परेको छ । उहाँले अष्ट्रेलिया सरकारबाट समयमा भिसा पाउनुभएन । भिसा नपाएपछि उहाँका त्यहाँ निर्धारित कार्यक्रमहरु नै स्थगित भएका छन् । उहाँले केही दिन अघि लेख्नुभएको छ ।

अष्ट्रेलियाले समयमा भिसा नदिएका कारण अष्ट्रेलियाको पुर्व निर्धारित मेरा सम्पुर्ण कार्यक्रमहरु रद्ध भएका छन। म अष्ट्रेलियामा तीज विशेष कार्यक्रममा आउन नसकेकोमा सम्पुर्ण आदरणिय दर्शक स्रोता ज्युहरु सङ्ग क्षमा माग्दछु। कोहि पनि कलाकारले मानव तस्करि गर्ने र गैरकानुनि रुपमा लुक्ने कार्य नगर्नु होला । यसको असर अन्य सच्चा कलाकारहरुलाइ पर्दो रहेछ । बिदेश मै बस्न वा स्थापित हुन मन छ भने कानुनि प्रकृया पूरा गरेर बस्न सक्नु हुन्छ । मेरो झण्डै तीन दशकको गायन यात्रामा पहिलो पटक अष्ट्रेलियाले समयमा भिसा दिएन, कारण नेपालमा मन्दि छ नेपाली कलाकारहरु बिदेशमै गैरकानुनि रुपमा लुक्छन अनि कार्यक्रमको नाममा मानव तस्करि गर्छन भन्ने रहेको छ । संसारका ठुला देशहरु अमेरिका, बेलायत, क्यानडा, युरोप,जापान लगायतका २० वटा भन्दा बढि देशमा पटकौ कार्यक्रम गरेर समयमै नेपाल फर्केको मेरो रेकर्ड छ । 

कुनै पनि देशमा एक मिनेट पनि ओभर स्टे भाको छैन। अष्ट्रेलियामा पनि चार पटक पहिले नै गैसकेको र भिसा अबधि समाप्त हुनु अगावै नेपाल फर्कियको रेकर्ड छ । तर यो,पटक अष्ट्रेलियाले समयमा भिसा नदियको लाई मैले मेरो कलाकारिताको अपमान ठानेकि छु । यदि मेरो यो कुरा अष्ट्रेलियाको भिसा दिने निकायमा पुग्छ भने म भन्न चाहन्छु, मलाई अष्ट्रेलियामा गैरकानुनि रुपमा बस्न कुनै रहर वा बाध्यता छैन, मलाई मेरो देश नेपाल नै प्यारो छ । यदि भविष्यमा बिदेशमा बस्ने गरि जानू परेको खण्डमा कानुनि प्रकृया पूरा गरेर जानेछु । नेपाल सरकारको पनि म यसै स्टाटस मार्फत ध्यानाकर्षण गराउन चाहन्छु ।

 

प्रकाशित मिति : २०८० भाद्र १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस