२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

७०% भन्दा बढी मत ल्याएर भारतीय मूलका अर्थशास्त्री थर्मन शनमुगरत्नम सिंगापुरका राष्ट्रपतिमा निर्वाचित

Indian-origin economist Tharman Shanmugaratnam elected president of Singapore :

सिंगापुरको राष्ट्रपतिमा थर्मन शनमुगरत्नम निर्वाचित भएका छन्। निर्वाचनमा दुईजना प्रतिद्वन्द्वीलाई पारजित गर्दै ७०.४ प्रतिशत मत ल्याउँदै उनी निर्वाचित भएका हुन्। थर्मन भारतीय मूलका सिंगापुरका चर्चित अर्थशास्त्री हुन्। पीपल एक्सन पार्टी छाडेर उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए। थर्मनका प्रतिद्वन्द्वी आं कोक सन्गले १५.७ र तान किन लियानले १३.८८ प्रतिशत मात्र मत ल्याए।

सिंगापुरको राष्ट्रपति पद कार्यकारी पद होइन। यद्यपि, राष्ट्रपतिसँग वित्त भण्डारसम्बन्धि केही शक्ति भने हुन्छ। राष्ट्रपतिलाई स्वतन्त्र रुपमा बोल्न पनि यहाँ बन्देज छ। सिंगापुरको सरकारले चाहेको खण्डलाई राष्ट्रपतिलाई हटाउन पनि सक्छ। थर्मनले यअघि सिंगापुरका अर्थमन्त्री र उपप्रधानमन्त्रीका रुपमा कार्यभार निर्वाह गरिसकेका छन्। संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय मुद्रा कोषमा समेत काम गरिसकेको उनलाई अनुभव छ। कुनैबेला उनी मुद्रा कोषको अध्यक्षको दाबेदारसमेत थिए।

 

प्रकाशित मिति : २०८० भाद्र १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस