२०८१ कार्तिक ८ गते बिहिवार | 2024 October 24th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

तातोपानी नाकामा आउजाउ खुल्दै

सिन्धुपाल्चोक । आठ वर्षदेखि बन्द रहेको तातोपानी नाका भदौ १५ गतेबाट मानिसका लागि दुईतर्फी आउजाउ खुल्ने भएको छ । आयात निर्यात खुले पनि मानिसका लागि आठ वर्षसम्म नाका आउजाउका लागि खुलेको थिएन ।

प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेका अनुसार चिनियाँ अधिकारीले शुक्रबार अर्थात् सेप्टेम्बर १ बाट मानिसका लागि दुवैतर्फी नाका खुल्ने जानकारी दिएको छ । पहिलो चरणमा सीमा क्षेत्रका स्थानीयलाई २४ घण्टे पास उपलब्ध गराई आउजाउ खुल्ने भएको छ ।

तातोपानी नाका प्रमुख भन्सार अधिकृत दयानन्द केसीले तिब्बततर्फ पुलबजारसम्म आउजाउ गर्न दिइने जानकारी आएको र बिस्तारै सरकारी पहलमा खासासम्म आउजाउ गर्न दिइने खबर प्राप्त भएको बताउनुभयो ।

नेपालतर्फका अध्यागमन कार्यालयले सीमा क्षेत्रका स्थानीयलाई २४ घण्टे पासको प्रबन्ध मिलाएको जनाएको छ । २०७२ वैशाख १२ को भूकम्प र त्यसपछिको पराकम्पका कारण उक्त नाका पूर्ण रूपमा बन्द हुँदै आएको थियो ।

२०७६ जेठबाट आयातका लागि एकतर्फी आंशिक खुलेको सो नाका कोरोना महामारी, बाढीपहिरो, सडकलगायतका बहानामा बन्द हुँदै र आंशिक खुल्दै आएको थियो । वैशाख १८ गतेबाट आंशिक रूपमा निर्यात खुलेको थियो ।

प्रकाशित मिति : २०८० भाद्र १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस