२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पार्टी सचिवालय बैठकका लागि अध्यक्ष ओली विराटनगरबाट सिराहा जाँदै

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पार्टीको सचिवालय बैठकमा भाग लिन अहिले केही बेरमा सिराहा पुग्दै हुनुहुन्छ । अध्यक्ष ओलीको सचिवालयले दिएको जानकारी अनुसार साढे ८ बजे विराटनगर हुँदै अध्यक्ष ओली सिराहाको सर्रे अम्बास पुग्ने कार्यक्रम छ । बैठक विहान साढे ११ बजेबाट सुरु हुने जनाइएको छ ।

पार्टी सचिवालयका महासचिव सहित अन्य नेताहरु जनकपुर हुँदै सिराहा जाँदै हुनुहुन्छ । अस्ती भदौ ९ गते गर्ने भनिएको सचिवालय बैठक वर्षाका कारण स्थगित भएको थियो । पार्टीको चौथा महाधिवेशन २०४६ भदौ ९ देखि १४ गतेसम्म सिराहाको सर्रे अम्बासमा भएको थियो । त्यही महाधिवेशनको स्मृतिमा पार्टी सचिवालय बैठक सिराहामा आयोजना गर्न लािगएको पार्टीका मधेस प्रदेश इन्चार्ज योगेश भट्टराईले जानकारी दिनुभयो ।

बैठक स्थलको सम्पूर्ण तयारी सकिएको, पूर्वपश्चिम राजमार्गको जीरो माइल देखि सर्रे अम्बास जाने क्षेत्रको सडक पुनरमत गरिएको र बाढीले सडकलाई पुर्याउन सक्ने अवरोधलाई मध्यनजर गरे एक्जाभेटरहरु तयारी अवस्थामा राखिएको भट्टराईले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति : २०८० भाद्र १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस