२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कोकाकोला वितरक कम्पनीलाई महानगरले तिरायो डेढ लाख जरिवाना, बोतलभित्र ज्यानै लिने अखाद्य वस्तु

The metropolis paid a fine of one and a half million to the Coca-Cola distribution company : काठमाडौं । काठमाडौं महानगरपालिकाले कालिञ्‍चोक ट्रेडिङलाई १ लाख ५० हजार रुपैयाँ जरिवाना तिराएको छ। कोकाकोलाको बोतलभित्र ज्यानै लिनसक्ने अखाद्य वस्तु भेटिएपछि महानगरले जरिवाना तिराएको हो। पुतलीसडकमा रहेको कालिञ्‍चोक ट्रेडिङ कोकाकोलाको वितरक हो। महानगरपालिकाका अनुसार २५० मिलिलिटरको सिलबन्दी बिर्को भएको कोकाकोलाको बोतल भित्र अखाद्य वस्तु (सेतो डल्लो) देखिएपछि भृकुटीमण्डपका एक व्यापारीले महानगर प्रहरीमा खबर गरेका थिए।

त्यसलगत्तै महानगर प्रहरी र बजार अनुगमन टोली अनुगमनका लागि गएका पुगेका थिए। महानगरका कृषि तथा पशुपक्षी विभागका प्रमुख एवं निरीक्षण अधिकृत डा. अवधेश झाले भन्नुभयो, ‘हामीले फोहोर देखिएको बोतलको ब्‍याच नम्बरमा उत्पादन भएका अरु बोतलहरु हेर्‍यौ। अन्य ब्‍याच नम्बरमा उत्पादन भएका बोतल पनि हेर्‍यौँ। उत्पादक, वितरक र व्यापारीसँग सोधपुछ गर्‍यौँ। यसमा वितरकले लापरवाही गरेको अवस्था अवगत भएपछि वितरकलाई कारबाही गरेका हौँ।’ महानगरले बजार अनुगमनमा क्रममा अहिले पानी र दुग्धजन्य उत्पादन, वितरण तथा बिक्रीको बजार हेरिरहेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०८० भाद्र १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस