२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

गाई गोरुको कब्जामा धनगढीको सडक (फोटो फिचर)

धनगढी । यातायात आवतजावतमा सहजता छैन धनगढी आसपासका मुख्य सडकमा । छाडा चौपायाले छ लेनको सडक नै कब्जा गर्ने गर पछि सयौँ सवारीसाधनले सस्ती खेप्नुपरेको छ ।

यहाँको सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढी र स्थायी राजधानी गोदावरी ९अत्तरिया० जोड्ने छ लेन सडकमा गाईबस्तुको राज हुने गरेको छ । १४ किलोमिटर लामो सो सडकको चटकपुर बोराडाँडी खण्डमा गाईबस्तु सडकमै आउँदा सवारी चालकहरूलाई सवारी साधन चलाउन कठिनाइ हुने गरेको छ ।

स्थानीयवासीले दुध दिन छोडेपछि घर निकाला गरेका गाईबस्तु सडकमा भेटिने गरेका हुन । सडकमा छाडिने गरिएका चौपायालाई नियामक निकायले नियन्त्रणमा नराख्ने र सडकमा छाड्नेहरूलाई पहिचान गरी कारबाही गर्न जोडदार माग गर्दै आएका छन् । कोशी प्रदेशमा पशु अधिकारको कुरा उठेको वेला यसरी सुदूरपश्चिममा समेत पशुलाई सडकमा छाड्नु गलत भएको भन्दै तत्काल कारबाही गर्नुपर्ने माग उठ्ने गरेको छ ।

 

 

 

प्रकाशित मिति : २०८० भाद्र ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस