२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज दिपाश्री निरौलाको जन्मदिन, ५० नजिक पुगिन्

काठमाडौं । चर्चित हास्यकलाकार दिपाश्री निरौलाको आज जन्मदिन परेको छ । पिता तुलसी प्रसाद निरौला र माता गितादेबी निरौलाको कोखबाट बि.स. २०३२ साल भाद्र ७ गते औधोगिक सहर बिराटनगरमा दीपाको जन्म भएको थियो । दिपा यो मितिबाट ४८ वर्षमा प्रवेश गरेकी छन् । नेपाल टेलिभिजनको चर्चित हास्यटेलिशृंखला ‘तितो सत्य’ तथा ‘धनीयाको दुनिया’ बाट दिपा दर्शक श्रोताहरु माझ लोकप्रिय छिन् । चर्चित हास्य टेलिभिजन शो मुन्द्रेको कमेडी क्लबको अध्यक्षको रुपमापनि उनलाई आसिन भएको देखियो । कमेडी वीथ च्याम्पियनको टीमसँगपनि उनले काम गरिन् ।

उनी हास्य टेलिसिरियलहरुसँगै थारु चलचित्र हुदै ठुलो पर्दा माझ परिचित छिन । दिपाश्री हास्यकलाकार गायिका चलचित्र निर्देशक साथै अभिनेत्री पनि हुन् । हसिलो मुहार, सरल तथा मिजासिलो स्वभाब भएका कारण पनि दीपालाई बच्चा, बयस्क तथा बुढापाकाहरु सबै उमेर समुहले रुचाउछन । तर, यतिका वर्ष बितिसक्दा पनि उनले विवाह भने गरेकी छैनन् । बहुप्रतिभाकी धनि तथा ब्लकबस्टर फिल्म ‘छक्का पञ्जा’ सिरिजकी निर्देशक दिपाश्रीलाई उनका दर्शक तथा शुभचिन्तकहरुले सामाजिक सञ्जाल मार्फत शुभकामना दिइरहेका छन् ।

 

 

प्रकाशित मिति : २०८० भाद्र ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस