२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बोल्न नसक्ने युवतीलाई आफ्नै घरमा बोलाई बलात्कार आरोपमा ५३ वर्षीय पुरुष पक्राउ

Pakrau arrested

बर्दिया । बलात्कारको आरोपमा प्रहरीले बर्दिया मधुवन नगरपालिका–१ बहादुरपुरबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ५३ वर्षीय कर्णबहादुर विश्वकर्मा छन् । बोल्न नसक्ने २४ वर्षीया युवतीलाई आफ्नै घरमा बोलाई जबर्जस्ती करणी गरेको उजुरी आएपछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी हिक्मतबहादुर बोहोराका अनुसार उनलाई इलाका प्रहरी कार्यालय ढोढरीले शनिबार दिउँसो पक्राउ गरेर हिरासतमा लिएको छ । उनीविरुद्ध जबर्जस्ती करणी मुद्दामा कारवाही अघि बढाउन अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २०८० भाद्र ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस