२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आजको मौसम : पहाडी क्षेत्रमा भारी वर्षा

काठमाडौं । आज पनि पहाडी भू–भागमा मौसम बदली भई केही ठाउँमा पानी परिरहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर भन्दा उत्तरतिर र पूर्वतर्फ सरदर स्थानभन्दा दक्षिणतिर रहेको छ । भारतको ओडिसा र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ ।

गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बांकी प्रदेशका एकरदुई स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो पनि देशभर आँशिकदेखि सामान्य बदली रहनेछ । देशको पहाडी भूभागको केही स्थानहरूमा र बाँकी भूगको थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका केही ठाउँमा चट्याङसहित वर्षा हुने भएकोले सतर्क हुन सरोकारवालाले सचेत गराएका छन् ।

 

प्रकाशित मिति : २०८० भाद्र २ गते शनिवार
प्रतिक्रिया दिनुहोस