२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बालेनको निर्णयको सर्वत्र तारिफ, जनपक्षीय निर्णय गर्ने नेता भन्दै विपक्षीले समेत प्रशंसा गर्न थाले

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयल बालेन (बालेन्द्र) शाहले भर्खरै गरेको निर्णयको सर्वत्र तारिफ भइरहेको छ । विपक्षीको कित्तामा उभिएर लेख्नेहरु समेत अहिले बालेनलाई स्याबास भन्दै प्रशंसा गरिरहेका छन् ।

दिवा खाजामा प्रारम्भिक कक्षा देखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीहरुका लागि संघीय सरकारले सशर्त दिँदै आएको दिनको रु. १५ मा काठमाडौं महानगरपालिकाले अर्को १५ रुपैयाँ थप गर्ने निर्णय गरेको छ । साथै कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाईपनि दैनिक रु. ३० को खाजा दिइनेछ ।

अब काठमाडौंका सामुदायिक विद्यालयमा अध्ययनरत प्रारम्भिक देखि १० सम्म कै विद्यार्थीलाई दैनिक रु. ३० रुपैयाँको सरकारी खाजा ख्वाइनेछ । विद्यालयमा नै चमेना गृह सञ्चालन गर्न दिएको खण्डमा ३० रुपैयाँले विद्यार्थीलाई अब पेटभर खाजा दिन सक्ने अवस्था भएको छ । यो निर्णयलाई सर्वत्र प्रशंसा गरिएको छ ।

प्रकाशित मिति : २०८० भाद्र १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस