२०८१ कार्तिक ७ गते बुधवार | 2024 October 23rd Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सुन तस्करी प्रकरणको छानबिनका गर्न उच्चस्तरीय समिति गठन नगर्ने गठबन्धनको निर्णय

काठमाडौं । सत्तारुढ दलहरूको बैठकले सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति गठन नगर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति नबनाउने निर्णय गरेको हो ।

नेकपा एमालेले सुन तस्करी प्रकरणको छानबिनका उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गर्दै साउन १० गतेदेखि संसद् अवरुद्ध गर्दै आएको छ । तर सत्ता गठबन्धनको बैठकले एमालेको माग सम्बोधन गर्न उच्चस्तरीय छानबिन समिति गठन नगर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : २०८० साउन २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस