२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

हप्ताको सुरु देखि घटेको सुनको मूल्य शुक्रबार र शनिबारका लागि अझै घट्यो

gold price today nepal

काठमाडौं । साताको अन्तिम कारोबारका दिन सुनको मूल्य घटेको छ । हप्ताको सुरुको दिनदेखि नै घटिरहेको सुनको मूल्य शुक्रबार र शनिबारका लागिपनि घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुन तोलामा ३ सयले घटेर १ लाख ११ हजार रूपैयाँ कायम भएको छ । यो मूल्य भोलि शनिबारका लागि समेत लागू हुनेछ ।

त्यस्तै अघिल्लो दिन बिहिवार प्रतितोला १ लाख १० हजार ७५० रूपैयाँमा कारोबार भएको तेजाबी सुन आज तोलामा १ लाख १० हजार ५५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । त्यसैगरी शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा १ हजार ३७५ रूपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : २०८० साउन २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस