२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सांसद सुनिल शर्मा पक्राउबारे संसदलाई जानकारी दिँदै प्रहरी

काठमाडौं । सांसद सुनिल शर्मा पक्राउबारे नेपाल प्रहरीले संघीय संसद सचिवालयलाई बिहीबार नै जानकारी गराउने भएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली सांसद शर्मा पक्राउको जानकारी दिन संघीय संसद सचिवालयतर्फ गएको सीआईबी स्रोतले जनाएको छ ।

सीआईबीले कीर्ते कागजातमा अनुसन्धानका लागि सांसद शर्मालाई बिहीबार दिउँसो उनकै निवास गोल्फुटारबाट पक्राउ गरेको थियो । कुनै सांसद फौजदारी अभियोगमा पक्राउ परेमा सभामुखलाई तत्कालै जानकारी दिनुपर्ने संवैधानिक व्यवस्था छ ।

 

प्रकाशित मिति : २०८० साउन २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस