२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नक्कली सर्टिफिकेट प्रयोग गरेको अभियोगमा सांसद सुनिल शर्मा सहित ८ जना पक्राउ

काठमाडौं । एसएलसीदेखिकै सर्टिफिकेट नक्कली रहेको पाइएपछि प्रतिनिधिसभाका सांसद सुनिल शर्मा पक्राउ परेका छन्। केन्द्रीय अनुशन्धान ब्यूरो (सिआइबी) को टोलीले बिहीबार अपराह्न उनकै निवास मण्डिखाटारबाट पक्राउ गरेको हो।

शर्मा मोरङ– ३ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए। उनले मोरङमा नोबेल मेडिकल कलेज सञ्चालन गर्दै आएका छन्। सिआइबीले सांसद शर्मासँगै थप ८ जनालाई पक्राउ गरेको स्रोतले जानकारी दिएको छ।

 

प्रकाशित मिति : २०८० साउन २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस