२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पप्पु कन्स्ट्रक्सनसहित दुई दर्जन ठेकेदार कम्पनी कालोसूचीमा [ सूचीसहित ]

काठमाडौं । सरकारले पप्पु कन्स्ट्रक्सनसहित दुई दर्जन निर्माण तथा आपूर्तिकर्ता व्यवसायीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सोमबार सूची सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो ।

कार्यालयका अनुसार विभिन्न सार्वजनिक निकायबाट लेखि आए अनुसार उनीहरुलाई कालोसूचीमा राख्ने निर्णय भएको छ । कालोसूचीमा परेका ठेकेदार कम्पनीहरुलाई एक देखि डेढ वर्षसम्म कुनै पनि निर्माण तथा ठेक्कामा सहभागी हुन रोक लगाइएको छ ।

सडक डिभिजन हर्कपुर ओखलढुंगाको सिफारिसमा पप्पुरकोशी एण्ड न्यौपानेलाई डेढ वर्षका लागि कालोसूचीमा राखिएको छ । पूर्वाधार विकास कार्यालयको सिफारिसमा नतासा निर्माण सेवा भरतपुरलाई एक वर्ष कालोसूचीमा राखिएको छ । धेरैजसो सडक डिभिजन भरतपुरबाट आएको सिफारिसका आधारमा ठेकेदार व्यवसायी कालोसूचीमा परेको कार्यालयको सूचीमा उल्लेख छ ।

हेर्नुहोस् कालो सूचीमा परेका कम्पनीहरूः

प्रकाशित मिति : २०८० साउन २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस