२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

संसदको अवरोध खुलाउन सभामुख घिमिरेले शीर्ष नेतासँग छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदको अवरोध खुलाउने र संसदीय समितिका सभापति चयनका लागि निर्वाचन गराउने विषयमा राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल गर्दैहुनुहुन्छ । सभामुख घिमिरेले आज दिउँसो १२ बजे सिंहदरबारमा शीर्ष नेताहरुसँग छलफल गर्न लाग्नुभएको हो ।

नेकपा एमालेले सुन तस्करी प्रकरणमा गहन अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने माग राख्दै संसदमा अवरोध गर्दै आएको छ । संसदको अवरोध खुलाउन पहल स्वरुप सभामुख घिमिरेले आइतबार पनि प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गर्नुभएको छ ।

सो छलफलले शीर्ष नेताहरुसँग नै छलफल गर्नुपर्ने निष्कर्ष निकालेको थियो । त्यसैले आज दिउँसो एक बजे बोलाइएको प्रतिनिधि सभा बैठक अघि सभामुखले शीर्ष नेताहरुसँग छलफल गर्न लाग्नुभएको उहाँको सचिवालयले जनाएको छ । आजको संसद बैठकमा नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी निलम्बनमा परेको जानकारी गराउने लगायतका सम्भावित कार्यसूची छन् ।

 

प्रकाशित मिति : २०८० साउन २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस