२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

चीनमा भूकम्प, २१ जना घाइते

बेइजिङ । चीनको पूर्वी सानडोङ प्रान्तको पिङयुआन काउन्टीमा आइतबार बिहान ५।५ म्याग्निच्यूडको भूकम्प गएको छ । भूकम्पमा परेर कम्तीमा २१ जना घाइते भएका छन् । स्थानीय समयअनुसार बिहान २ बजेर ३३ मिनेटमा भूकम्प गएको थियो । भूकम्पको केन्द्रबिन्दु जमिनभन्दा १० किलोमिटरको गहिराइमा रहेको चाइना अर्थक्वेक नेटवर्क सेन्टरले जानकारी दिएको छ । अधिकारीहरूका अनुसार घाइतेहरु डेनझाउ र लिओचेङ सहरका छन् ।

राज्यद्वारा सञ्चालित सीसीटीभी मिडियाका अनुसार भूकम्पका कारण १२६ वटा घरमा क्षति पुगेको छ । अहिले राहत तथा उद्धार कार्य जारी रहेको छ । भूकम्पका कारण करिब ५० वटा रेलहरू आफ्नो गन्तव्यमा जान रोकिएको चाइना रेलवे बेइजिङ ग्रुप कम्पनीले जानकारी दिएको छ ।

 

 

प्रकाशित मिति : २०८० साउन २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस