२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मेस्सीको अटोग्राफ लिँदा जागिर चट

मियामी । सुपरस्टार लियोनेल मेस्सीको अटोग्राफ लिने एक सफाइ कर्मचारीले आफ्नो जागिरबाट हात धुनु परेको छ । तर, जागिर गुमाएकोमा क्रिस्टियन सालामान्का दुःखी भने छैनन् ।

लियोनेल मेस्सी यो सिजन इन्टर मियामी पुगेपछि एमएलएसमा ठुलो चर्चा भइरहेको छ । विश्वकै महान् फुटबल खेलाडीको आगमनले डेभिड बेकहमको फुटबल क्लबको व्यवसाय उचाइमा पुगेको छ । ३६ वर्षीय खेलाडीको एक झलक पाउन फुटबल फ्यानहरूले तँछाडमछाड गरिरहेका छन् । सालामान्का पहिलोपटक इन्टर मियामी पुग्दा पहिलो भेटमा नै मेस्सीको अटोग्राफ पाउने भाग्यशाली मध्येमा परे । तर, यसका लागि उनले जागिर नै गुमाउनुपर्‍यो ।

ला नासियोनसँग कुराकानी गर्दै उनले भने, ‘मेरो काम बसहरू पार्क गर्ने क्षेत्रको बाथरुमहरू सफा गर्ने थियो । संयोगले जब खेलाडीहरूको बस आइपुग्यो म त्यहीँ थिएँ । खेलाडीहरू बसबाट उत्रेपछि मैले कराएँ, ‘हे, विश्व च्याम्पियन’ । मेस्सीले त्यसपछि मतिर फर्किए । मैले मेरो युनिफर्म उचालेर अर्जेन्टिनाको जर्सी देखाए ।

मैले उनलाई मार्कर दिएपछि उनले मेरो जर्सीमा अटोग्राफ दिए । तत्कालै सेक्यूरिटी आएर मलाई त्यहाँबाट लगे र मलाई जागिरबाट निकाले । तर, हरेक सेकन्ड मेरो लागि बहुमूल्य थियो ।’ धेरैले सालामान्कामाथि कठोर कारबाही भइरहेको भनिरहेका छन् । तर, कोलम्बियन नागरिकलाई इन्टर मियामीको नियमबारे जानकारी थियो । क्लबका कर्मचारीहरूले व्यावसायिकता प्रदर्शन गर्नुपर्ने र खेलाडी वा अन्यसँग फोटो वा अटोग्राफका लागि दुःख दिन नहुने भनिएको छ । यता, मेस्सी भने सो नियमबारे अनभिज्ञ थिए । अब मेस्सीले अगस्त ६ मा एफसी डालासविरुद्ध लिग्स कपको अन्तिम १६ मा खेल्दैछन् ।

 

 

प्रकाशित मिति : २०८० साउन २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस