२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बंगलादेशमा डेंगु भयावह बन्दै: १० को मृत्यु, ९ हजार भन्दा बढी संक्रमित

काठमाडौं । मित्र राष्ट्र बंगलादेशमा डेंगु संक्रमण भयावह बन्दै गएको छ । शुक्रवार र शनिवार बेलुका सम्मको २४ घण्टा भित्र देशका विभिन्न अस्पतालमा डेङ्गुका १० जना बिरामीको मृत्यु भएको छ । करिव ९ हजार ३ सय ३४ डेंगुका बिरामी विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् ।

बंगलादेशको स्वास्थ्य सेवा महानिर्देशनालयले दिएको जानकारी अनुसार राजधानी शहर ढाकामा मात्रै ४ हजार ६८० डेंगु बिरामीहरू अस्पतालमा भर्ना भएका छन् भने ढाका बाहिरका विभिन्न अस्पतालहरुमा ४ हजार ६५४ बिरामी उपचाररत छन् । डेंगु संक्रमणबाट यो वर्ष मात्र ३०३ जनाको मृत्यु भइसकेको छ ।

स्वास्थ्य विज्ञहरूले यो महिना र अर्को महिनामा डेंगुको अवस्था बिग्रन सक्ने चेतावनी दिँदै सबै प्रकारका लामखुट्टे बिरुद्ध व्यापक अभियान चलाउन अधिकारीहरूलाई आग्रह गरेका छन् । बंगलादेशमा वर्षाको मात्रा, तापक्रम र आर्द्रताको विश्लेषण गर्दै उनीहरूले एडिस लामखुट्टेको प्रजननका लागि अगस्ट र सेप्टेम्बर महिनालाई सबैभन्दा उपयुक्त हुन्छ ।

यस्तै विश्वमा धेरै देशमा डेंगुको संक्रमण देखिएको छ । एशियाका १२ बढी देशमा डेंगु संक्रमण फैलिरहेको छ । नेपालमा अहिले डेंगुको संक्रमण ७१ जिल्लामा फैलिएको छ ।

 

प्रकाशित मिति : २०८० साउन २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस