२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सामाखुशी खोलामा बेपत्ता भानुभक्त स्कुलका विद्यार्थीको शव ११ दिनपछि दक्षिणकालीमा भेटियो

काठमाडौं । ७ साउनमा काठमाडौंको सामाखुशी खोलामा खसेर बेपत्ता भएका बालकको दक्षिणकालीमा शव भेटिएको छ । सामाखुशी खोलाको बाढीमा बगेका १३ वर्षीय बालक विधान आलेमगर (साजन) को शव ११ दिनपछि भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोद ढुंगेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रहरी वृत्त कीर्तिपुरको टोलीले दक्षिणकालीमा बागमती नदीको किनारमा शव भेटेको हो । स्थानीय वासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । बालक बेपत्ता भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोलीले खोजी गरेको थियो । विधान आलेमगर काठमाडौंको पानीपोखरीस्थित भानुभक्त मेमोरियल स्कुलमा अध्ययनरत थिए ।

प्रकाशित मिति : २०८० साउन १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस