२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

माओवादी केन्द्रीय समिति बैठक सुरु, लाइभ गर्ने निर्णयबाट पछि हट्यो

काठमाडौं । नेकपा माओवादी केन्द्रको पाँच दिने केन्द्रीय समिति बैठक आजदेखि सुरु भएको छ । काठमाडौंको प्रज्ञा भवन कमलादीमा सुरु भएको बैठकको लाइभ गर्ने निर्णयबाट माओवादी पछि हटेको छ । पार्टीभित्रको अन्तरविरोध बाहिरसम्म पुग्ने देखिएपछि लाइभ गर्ने निर्णयबाटपछि हटेको स्रोतले बतायो ।

यसअघि बसेको पदाधिकारी र स्थायी कमिटी बैठकले पार्टीको केन्द्रीय समिति बैठक लाइभ गर्ने निर्णयबाट पछि हट्ने निर्णय गरेको नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति : २०८० साउन १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस