२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

धादिङको थाक्रेमा ३ वटा ट्रक एक आपसमा ठोक्किदा भयानक दुर्घटना

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका–६ गणेश खोला पुल नजिक तीन वटा ट्रक ठोक्किँदा तीन जना घाइते भएका छन् । यो भयानक दुर्घटनापछि सडक एकतर्फी सन्चालनमा आएको थियो । काठमाडौंबाट धादिङको गजुरीतर्फ जाँदै गरेको लु २ ख २५०५ नम्बरको ट्रकले सोही दिशाबाट जाँदै गरेको ना ७ ख ७८१८ नम्बरको ट्रकलाई र विपरीत दिशाबाट आउँदै गरेको भारतीय नम्बरको ट्रकलाई गएराति १०ः४० बजे ठक्कर दिएको थियो ।

दुर्घटनामा लु २ ख २५०५ नं।को ट्रक चालक कपिलबस्तुको वाणगंगा नगरपालिका ९ बस्ने ३५ वर्षीय बिमल थापा र सहचालक २५ वर्षीय सुमन थारु तथा भारतीय नम्बरको ट्रक चालक राजस्थान बस्ने ४७ वर्षीय गिरिराज प्रसाद शर्मा घाइते भएका छन् । प्रहरीका अनुसार भारतीय नम्बर प्लेटका ट्रक चालकको अवस्था गम्भीर छ भने अन्यको अवस्था मध्यम छ । तीनै जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ । दुर्घटनामा सकुशल रहेका ना ७ ख ७८१८ नम्बरको ट्रक चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनास्थलमा इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक डबल बहादुर बम नेतृत्वको टोली उद्धारमा खटिएको थियो । दुर्घटनास्थल इलाका प्रहरी कार्यालय खानीखोलाबाट अन्दाजी ४ किलोमिटर पश्चिममा पर्दछ । दुर्घटनापछि अवरुद्ध भएको सडक गएराति करिब १ बजेदेखि एकतर्फी खुलाइएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २०८० साउन १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस