२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कोशीको मुख्यमन्त्री आफै बन्ने उद्धव थापाको दाबी

विराटनगर । नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले कोशी प्रदेशको आगामी मुख्यमन्त्री आफू नै हुने दाबी गर्नुभएको छ । सभामुखले राजीनामा दिने र आजै आफ्नो नेतृत्वमा सरकारको नेतृत्वका लागि दाबी गर्ने उहाँले बताउनुभयो ।

विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै थापाले राप्रपा सरकारमा सहभागी नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सत्ता गठबन्धनकै कोशीमा सरकार बन्छ ।’ अदालतले आफूलाई नै काम चलाऊ मुख्यमन्त्री मानेको उल्लेख गर्दै उहाँले आफूलाई लिन गाडी तयार भए पनि लिन नमानेको बताउनुभयो ।

 

प्रकाशित मिति : २०८० साउन १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस